राइनास नगरपालिका
राइनास नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°३०′N ८४°०८′E / 28.5°N 84.14°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | लमजुङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | खड्गबहादुर गुरुङ (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | पुष्पराज खनाल (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ७१.९७ किमी२ (२७.७९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १७,४०२ |
• घनत्व | २४०/किमी२ (६३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी ५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | ९७७-०५२ |
केन्द्र | साविकको चक्रतीर्थ गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
राइनास नगरपालिका नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[३][४][५] स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्यार्जुङ र मोहोरियाकोट गरि ६ गाउँ विकास समितिहरूलाई समेटेर राईनास नगरपालिका घोषणा गरेको थियो।[६] राइनास नगरपालिकाको केन्द्र चक्रतीर्थ गाउँ विकास समितिको तिनपिप्ले बजारमा रहेको छ।
सिमाना
[सम्पादन गर्नुहोस्]- पूर्व, पूर्व-दक्षिण: चेपे नदी र गोरखा जिल्ला
- दक्षिण: मर्स्याङ्दी नदी, तनहु जिल्ला-पुर्कोट गाविस
- पश्चिम:
- उत्तर:
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राइनास नगरपालिकाको कुल जनसङ्ख्या १७,४०२ रहेको छ भने यहाँ ४,९६१ घरधुरी रहेका छन्।[२]
शिक्षा
[सम्पादन गर्नुहोस्]कृषि
[सम्पादन गर्नुहोस्]कृषिको दृष्टिकोणबाट राईनास नगरपालिका भित्र अत्यन्त उर्वर भूमिहरु छन् | सिंचाईको हिसाबले दुई ठुला रास्ट्रिय स्तरका योजनाहरु : राईनासटार सिंचाई योजना र पाङ्ग्रे-हर्राबोट सिंचाई योजना यसै नगरपालिका भित्र पर्दछन | दुवै योजनाहरूबाट गरी ११६० हेक्टर सिंचित भुमि र लगभग १५००० जनता लाभान्बित छन् | अरु साना ठुला कुलाहरूको माध्यमबाट धेरै जसो भूमिहरु सिंचित भुमि मै पर्दछन् | तार्कुघाटका फाँटहरु, राईनासटार, कैनिटार, तिनपिप्ले, अल्काटार, ढम्के, टिमुरे, टारी, खरखरे, रयले, ढाँड साथै आसपासका फाँटहरु व्यबसायिक खेतीका लागि उपयुक्त छन् | यति हुँदाहुँदै पनि स्थानीय कृषिमा यान्त्रिकीकरण तथा लामो समयदेखि व्यवसायिकरण हुन नसक्नुलाई ठुलो कमजोरी मान्नुपर्दछ | चेपे र मर्स्यांदी नदि आसपासका फाँटहरु अन्न र तरकारी वालीको लागि उपयुक्त छन् भने, माथिल्लो पहाडी भुमि फलफुल, जैविक तरकारी, जडीबुडी र पशुपालनको लागि उपयुक्त देखिन्छ | व्यवसायिक हिसाबले यान्त्रिकीकरण सहित कृषि तथा पशुपालनमा ध्यान दिने हो भने यो भू-भाग कृषिको उदाहरणीय केन्द्र बन्न सक्छ | विध्यमान कृषि निर्वाहमुखि भन्दा माथि उठ्न सकेको छैन र हालसम्म मानिसहरूको खाने वानीमा सुधार ल्याउन सकिएको छैन |
पर्यटन
[सम्पादन गर्नुहोस्]ऐतिहासिक राईनासकोट, लिगलिगकोट यो क्षेत्रको गहना मान्नुपर्दछ | त्यसैगरि प्रख्यात धार्मिक स्थल दुधपोखरी जाने प्रमुख पदमार्ग यसै नगरपालिकामा पर्दछ | राइनास कोट, चेपेघाट, चक्रतिर्थ, बोक्सेरह, पन्थेडाँडा कालिका मन्दिर यहाँका महत्त्वपूर्ण धार्मिक स्थलहरु हुन् | नेपाल एकीकरणका सम्मानित पुरुष वीर भक्ति थापाको जन्मस्थल मोहोरियाकोट पनि ऐतिहासिक हिसाबले महत्त्वपूर्ण मानिन्छ | पदयात्रा, दृस्यावलोकन, ग्रामिण तथा सांस्कृतिक पर्यटन, कृषि पर्यटन, धार्मिक पर्यटनको लागि यो क्षेत्रले प्रचुर सम्भावना बोकेको छ | यसैगरी राईनासकोटबाट चेपेनदीको बगरसम्म प्याराग्लाइडिङ, रक क्लाइमीङ साथै साहसिक पर्यटनको लागि पनि उपयुक्त भू-भागहरु पर्दछन | काठमान्डौ, पोखरा र लुम्बिनीबाट समदुरीमा पर्ने यो ऐतिहासिक क्षेत्र जातीय र सांस्कृतिक सहिष्सुणताको हिसाबले पनि उदाहरणीय नै मान्नु पर्दछ | होमस्टे र दृस्यावलोकन एकैसाथ गर्न सकिने राईनास गाउँ, बोहोरा गाउँ जस्तै जातीय सांस्कृतिक पहिचान सहितका प्रसस्तै गाउँहरु यो नगरपालिका भित्र पर्दछन | चेपे र मर्स्यांदी नदिका किनारहरूलाई जल मनोरन्जनको दृष्टिले विकास गर्ने र समग्रमा यो क्षेत्रलाई रास्ट्रिय स्तरका पदमार्गहरूसँग जोडी पर्यटनको दिर्घकालिन विकाश गर्न सकिन्छ | यसको लागि स्थानीय स्तरमा बहसको सृजना गरी पर्यटन विकाशका साझेदारहरूलाई समाबेश गराउन सकिन्छ |
गतिविधिहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ असोज १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति