मुल्तान
मुल्तान
مُلتان | |
---|---|
देश | पाकिस्तान |
क्षेत्र | पञ्जाब |
जिल्ला | मुल्तान |
सहरहरूको सङ्ख्या | ६ |
सङ्घिय परिसर | ४ |
सरकार | |
• मेयर | चधरी नविद अरिन |
• उप-मेयर |
|
क्षेत्रफल | |
• जम्मा | ५१ वर्ग माइल (१३३ किमी२) |
उच्चतम उचाई | ४२३ फीट फिट (१२९ मी मिटर) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | १८७१८४३[२] |
• घनत्व | २३९६.७/वर्ग माइल (९२५.४/किमी२) |
• मुलवासी नाम | मुल्तानी |
समय क्षेत्र | युटिसी ०५:०० (पाकिस्तानी समय) |
क्षेत्रीय सङ्केत | ०६१ |
मुल्तान (पञ्जाबी उर्दु: مُلتان पाकिस्तानको पञ्जाबमा रहेको एक प्रमुख सहर हो ।यो सहर चेनाब नदीको किनारमा अवस्थित छ । मुल्तान पाकिस्तानको पाँचौ ठूलो सहर हो भने यो देशकै सांस्कृतिक र आर्थिक रूपमा अग्रज सहरको रूपमा लिइएको छ ।[३]
मुल्तान सहरक इतिहासमै प्राचीन समय देखिनै फैलिएको छ । प्रचिन सहर प्रसिद्ध मलान सुर्य मन्दिर रहेको ठाउँ थियो र अलेक्जेन्डर द ग्रेटको शासनकालमा सहर माथि शासन चलाईएको थियो । मल्तान मध्ययुगीन इस्लामिक भारत को सबै भन्दा महत्त्वपूर्ण व्यापारिक केन्द्रहरु मध्ये एक थियो र नजिकैको सहर उच र मुल्तान मस्जिदहरूको सहरले पनि चिनिन्छ ।
उत्पत्ति
[सम्पादन गर्नुहोस्]मुल्तान सहरको नामको उत्पत्ति पुण रूपमा स्पष्ट छैन त्यहिपनी मुल्तान शव्द संस्कृतबाट उत्पत्ति भएको हो भन्ने विशवास गरिन्छ जब मुल्तान सुर्य मन्दिरलाई मूलस्थान भन्ने गरिन्थ्यो । १९ सय दशकको बेला हुकम चन्दका अनुसार हिन्दु जनजाति मूलबाट यस सहरको नाम राखिएको हो भन्ने कुरा उल्लेखनिय छ ।
भुगोल
[सम्पादन गर्नुहोस्]अवस्थिति
[सम्पादन गर्नुहोस्]मुल्तान पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने एक सहर हो । यो सहरले १३३ किलोमिटर (५१ वर्ग माईल) को दूरीमा फैलिएको छ । डेरा गाजी खान र बहवालपुर यो सहरबाट नजिकैको दुई सहरहरू हुन् । मल्तान केन्द्रीय पाकिस्तान को पाँच नदिहरु द्वारा बनाईएको एक मोड मा अवस्थित छ । यो सहरलनई सतलज नदिले बहावलपुरबाट छुट्टायको छ भने चेनाब नदिले मुजाफरगढबाट छुट्टायको छ । यो सहरमा विषेश गरी आँप खेति हुने गरेको पाईन्छ ।
मौसम
[सम्पादन गर्नुहोस्]यस सहरमा ग्रिष्म ऋतुमा गर्मी र हिउँदमा मध्यम जाडो हुने गरेको छ । यो सहरमा बार्सिक १८६ मिलिमिटर पानी पर्ने गरेको छ । मुल्तान सहर पाकिस्तानमै सबैभन्दा बढी गर्मी हुने सहरको नामले चिनिन्छ । ग्रिष्म ऋतुमा तापमान ५२ डिग्री (१२६ डिग्री फरेनहाईट) पुगेको छ जुन अहिले सम्मकै अधिक तापमान हो भने हिउँदमा यहाँको तापमान -१ डिग्री (३० डिग्री फरेनहाईट) पुगेको थियो जुन अहिले सम्मकै न्युन तापक्रम हो । [४][५]
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]सन् १९८८ राष्ट्रिय जनगणना अनुसार मुल्तान सहरको जनसङ्ख्या १,१९७,३८४ रहेको थियो भने सन् २०१७ को राष्ट्रिय जनगणना विभागका अनुसार मुल्तान सहरको जनसङ्ख्या १,८७१,८४३ पुगेको थियो । [६]
खेलकुद
[सम्पादन गर्नुहोस्]यो सहरको प्रमुख क्रिकेट रङ्गशाला मुल्तान अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हो जसले थुप्रै अन्तर्राष्ट्रिय खेलहरूको आयोजना गरेको छ । इबिन-इ-कसिक बाध रङ्गशाला पनि यहीँ सहरमा रहेको छ जुन फुटबल खेल खेल्नका लागि प्रयोग गरिन्छ । मुल्तान टाईगर्स यो सहरको घरेलु क्र क्रिकेट टोली हो जसले घरेलु प्रतिस्पर्धामा भाग लिँदै आएको छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "मुल्तान सहर", मूलबाट १४ अप्रिल २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०९-१७। वेब्याक मेसिन अभिलेखिकरण २००६-०४-१४ मिति
- ↑ "२०१७ छौटौँ राष्ट्रिय जनगणना", pbs.gov.pk, अन्तिम पहुँच २४ नोभेम्बर २०१७।
- ↑ "२०१७ राष्ट्रिय जनगणना - प्रमुख सहरहरूको जनसङ्ख्या", राष्ट्रिय तथ्याङ्क विभाग।
- ↑ "मैसम विभागका अनुसार मुल्तानको तापक्रम ५० डिग्री पुगेको छ", मूलबाट २६ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०१३। वेब्याक मेसिन अभिलेखिकरण २६ जुलाई २०१३ मिति
- ↑ "मुल्तान सहरको मैसमी जनाकारी", मूलबाट १० मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०१३। वेब्याक मेसिन अभिलेखिकरण १० मार्च २०१३ मिति
- ↑ "जनसङ्ख्या आकार र प्रमुख सहरहरूको जनसाङ्खिक तथ्याङ्क-पाकिस्तान राष्ट्रिय जनगणना विभाग", अन्तिम पहुँच ३१ अगस्ट २०१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- मुल्तान विकियात्रामा यात्रा सहयोगी
- मुल्लानी सहर सरकारको आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०११-०३-०४ मिति
- ब्रिटानीका: मुल्तान