सामग्रीमा जानुहोस्

नरेन्द्रदेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नरेन्द्रदेव
नेपालका राजा
शासनकालवि सं ६९९-७३५
राज्याभिषेक६९९
पूर्वाधिकारीभीमर्जुनदेव
उत्तराधिकारीशिवदेव द्वितीय
जन्मविसं ६८१
मृत्युवि सं ७३५
वंशलिच्छवि वंश
बाबुउदयदेव
धर्महिन्दु

नरेन्द्रदेव (वि सं ६९९-७३५) शिवदेव प्रथमका नाति तथा उदयदेवका पुत्र थिए ।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

अंशुवर्माको निधन पछि वि.सं. ६७९ म उदयदेवले महाराज धिराज भएर शासन चलाए । यो कुरो चितलाङको उनको अभिलेखबाट ज्ञात हुन्छ । उदयदेवलाई कमजोर देखेर गुप्तहरूले पुनः टाउको उठाउने मौका पाए । जिष्णु- गुप्तले आफ्ना पक्षका मानिसहरूको संगठन गरी उदयदेवलाई खतम गर्ने षड्यन्त्र गरे ।[] उदयदेवलाई दुई वर्षपछी भाइ ध्रुवदेव तथा गुप्त सामन्त जिष्णुगुप्तले पदच्युत गरेपछी उदयदेवले सपरिवार तिब्बतको शरणमा गएका थिए । त्यस समय नेपालको दरबारमा राजा ध्रुवदेव र सामन्त जिष्णुगुप्तको द्वैध शासन चलेको थियो । उदयदेवको निधन तिब्बतमै भयो, उनका छोरा नरेन्द्रदेवले चाहिँ वि सं ६८१ देखि ६९८ सम्म अर्थात् १७ वर्षसम्म[स्रोत नखुलेको] तिब्बतमा निर्वासित जीवन बिताए ।

अधिकार प्राप्ती

[सम्पादन गर्नुहोस्]

ध्रुवदेवका उत्तराधिकारी भीमार्जुनदेव भए । उनी राजा ध्रुवदेवका छोरा थिए । उता जिष्णु गुप्तको मृत्यु पछि उनका छोरा विष्णु गुप्त आफ्नो पिताको ठाउँमा आए । उनले भीमार्जुनदेवसँग संयुक्त शासन चलाए । नरेन्द्रदेवले वि सं ६९९ मा तिब्बतको समेत सहायता लिई नेपालको द्वैध शासन समाप्त पारेर पैतृक गद्दीमा अधिकार जमाए । उनले विष्णु गुप्तलाई खत्तम गरी भीमर्जुनदेवलाई गद्दीबाट हटाउन सफल भइ आफ्नो हातमा राज्यको अधिकार लिए ।[] []

अरुणाश्व विरुद्धको युद्ध

[सम्पादन गर्नुहोस्]

वि सं ७०३ मा उत्तर भारतका सम्राट हर्षवर्द्धनका सामन्त अरुणाश्वले चिनियाँ राजदूत वाङ्युन्चेलाई अपमानित गरे । [] त्यसरी चिनियाँ राजदूतको अपमान गरेको थाहा पाएर चिनियाँ सेनाले उत्तर भारतमाथी आक्रमण गर्यो । नेपालका राजा नरेन्द्रदेवले राजा हर्षवर्द्धनको मृत्युु पछी भारतका राजा भएका अरुणाश्वको विरुद्ध चीनलाई मद्दत गर्ने निर्णय गरे । वि सं ७०० मा चिनियाँ राजदूत लि. पिआओले भारतको भ्रमण गर्दा नेपालमा पनि आएर बसेका थिए । त्यसरी चीन र नेपालको सम्बन्ध राम्रो हुन गएको थियो ।

नरेन्द्रदेवले आफ्नो तर्फबाट ७००० जवान घोडचढी चिनियाँ सेनामा थप गरी पठाए । चीनबाट भारतमा आक्रमण गर्न भनी १२०० घोडचढी रवाना भएका मा राजा नरेन्द्रदेवले ७००० घोडचढी थप गरे । मध्य भारतमा नेपाली सेनाले आक्रमण गरी राजधानीमा तीन दिन सम्म घेराउ गरिदिए । त्यसरी राजधानीमा घेराउ भएकाले राजा अरुणाश्व पलायन भए । त्यो युद्ध मा १३००० भारतीय योद्धाले ज्यान गुमाए । फेरि भागेर गएका अरुणाश्वले पुनः आक्रमण गर्दा थप १००० मानिस मारिएर अरुणाश्व कैद भए । यो कुरा ताङ्वृतान्तमा स्पष्ट लेखिएको छ ।

रातो मछिन्द्रनाथ

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. राजवंशी, शङ्करमान, "नरेन्द्रदेवको क्रान्ति र लिच्छविको पुनरुत्थान", Ancient Nepal 
  2. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ ६९
  3. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: ६९, आइएसबिएन 99933-2-406-X 
  4. हितनारायण झा,द लिच्छविज, पृष्ठ १५१
पूर्वाधिकारी
भीमार्जुनदेव
नेपालको राजा
वि सं ६९९-७३५
उत्तराधिकारी 
शिवदेव द्वितीय