चितवन जिल्ला
चितवन | |
---|---|
जिल्ला | |
आदर्श वाक्य(हरू): हाम्रो चितवन, राम्रो चितवन | |
निर्देशाङ्क: २७°३५′उ॰ ८४°३०′पू॰ / २७.५८३°N ८४.५००°Eनिर्देशाङ्कहरू: २७°३५′उ॰ ८४°३०′पू॰ / २७.५८३°N ८४.५००°E | |
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ३ |
सदरमुकाम | भरतपुर |
माविसू | ०.५२० मध्यम[२] |
गरिवी सूचकाङ्क | ३१.९ निम्न |
स्थापना | १४अौँ शताब्दी[३] |
क्षेत्रफल | |
• जम्मा | २,२३८.३९ किमी२ (८६४.२५ वर्ग माइल) |
उन्नतांश | ४१५ मिटर (१३६२ फिट) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ५७९,९८४[१] |
• जनसमुदाय | ब्राह्मण क्षेत्री थारू देवास राई नेवार दराई गुरुङ मगर तामाङ चेपाङ परियार |
• धर्म | हिन्दु बुद्ध |
आधिकारिक | |
• स्थानिय | नेपाली, थारू, नेपाल, देवास राई, तमाङ, गुरुङ, दराई, मगर, चेपाङ |
• भाषा | नेपाली |
समय क्षेत्र | युटिसी ५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | ०५६ |
वेबसाइट | www.ddcchitwan.gov.np |
चितवन जिल्ला नेपालको ७७ जिल्ला मध्ये एक जिल्ला हो। यो जिल्ला नेपालको बागमती प्रदेशको दक्षिण-पश्चिम भागमा अवस्थित छ। यस जिल्लाको सदरमुकाम भरतपुर हो जुन नेपालको चौँथो ठूलो सहर हो। यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा महाभारत पर्वत शृङ्खला छ। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। यस क्षेत्रमा ठूला-ठूला व्यापारिक तथा सेवा संस्थाहरू छन्। भरतपुर मध्यक्षेत्रमा बसोवास गर्ने नेपाली जनताको लागि उच्च शिक्षा, व्यापार र यातायातको केन्द्र बिन्दु मानिन्छ। नारायणघाट नारायणी नदीको किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो। चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग किलोमिटर रहेको छ।
उत्पत्ति
[सम्पादन गर्नुहोस्]चितवनको उत्पत्तति - चितवनको विकासक्रम शुरू भएको धेरै भएको छैन । बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले वि.सं. १८८५ चैत्र १ गते उपरदाङगढी बनाए पछि यसलाई सदरमुकामको रूपमा २०१८ सालसम्म कायम राखेको भन्ने इतिहासमा लेखिएको छ । पछि यातायातको असुबिधाले राजा महेन्द्रको समयमा हालको भरतपुरमा सदरमुकाम सारिएको भन्ने देखिन्छ । पछि राजा महेन्द्रको महत्त्वकांक्षी योजना अन्तर्गत बनेको महेन्द्र राजमार्गले यसलाई छिचोलेर गए पछि यो ठाँउको विकास तिब्र रूपमा बढेको हो ।
चितवनलाई पहिले चित्रवन भनिन्थ्यो । यो ठाँउमा पहिले ठूलो वन थियो । वनमा थारूहरूको राजा चित्रसेनले राज्य गर्दथ्यो । यहि चित्रसेन राजाको वन भएकोले चित्रवन भन्न थालियो जो पछि चितवनको नामले चिनिन थाल्यो । हाल पनि थारूहरू हरिवोधनी एकादशीको दिनमा भगवान "चित्रसेन बाबा"को रूपमा पूजा गर्ने गर्दछन् ।
पछि यो स्थानमा भारतिय राजनितीको प्रभाव कम गर्न राजा महेन्द्रले पहाडवासी जनतालाई निशुल्क जग्गा बितरण गरे पछि यहाको जनसंख्या बढ्न गयो । बन्दिपुरका नेवारहरु पनि बिस्तारै यहि स्थानान्तर हुदै आए । २०२२ सालमा यहिं नजिकै गैडाकोटमा महेन्द्र राजमार्गको उद्घाटन गरे पछि यो स्थानको विकासक्रम तिब्र रूपले बढ्न गयो ।
नारायणी नदीको किनारमा अवस्थित भएकोले नारायणघाट या नारायणगढ पनि भन्न थालियो ।
व्यापार र उत्पादन
[सम्पादन गर्नुहोस्]चितवन तोरीको लागि एकदम प्रख्यात जिल्ला हो। चितवनको तोरीको तेल नेपाल भरी बिक्री हुन्छ। चितवनको तोरी सुहाउँदो माटो चितवनको एक विशेषता हो। Silt प्रकारको माटो चितवनमा रहेको छ। बिगतमा नारायणी नदीले चितवनको माटो मलिलो बनाएको भुगोलबिदहरूले भन्छन्। चितवनमा तोरी बाहेक धानको पनि राम्रो खेती हुन्छ। गहुँ, मकै र बन्दा, मुला, ब्रोकाउली , काउली, आलु, काँक्रो, फर्सी, गाजर आदिको लागि पनि चितवन प्रख्यात रहेको छ।
देशको जम्मा उत्पादनको ७०% कुखुरा उत्पादन चितवनमा हुन्छ।[स्रोत नखुलेको] नयाँ समयमा फुल खेती, च्याउ खेती, मह लगायतका विभिन्न नयाँ चिजको सुरूवात भएको छ।
भुगोल
[सम्पादन गर्नुहोस्]चितवनमा धेरै प्रकारका बन्यजन्तु तथा रुख बिरुव पहिन्छन्। गैंडा, बाघ , भालु,निल गाई,सोस्,गोही, आजिङर, चितुवा, चित्री आदी विभिन्न जातका जनावर चितवनमा पाइन्छ। चितवन राष्ट्रिय निकुन्ज चितवनको एक राम्रो र आकर्षक पर्यटकिय गन्तब्य पनि हो।
राप्ती उपत्यका
[सम्पादन गर्नुहोस्]नेपालको मध्य भागमा पर्ने चितवन उपत्यकालाई नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिन्छ। पूर्वमा मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षिणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ। दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ। यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीएका छन। त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन। त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ। जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन। त्यसै गरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेकाछन। राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदीमा मिल्दछन। चितवन उपत्यकामा नन्द भाउजु, बिसहजारी ताल लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन। य्हाको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो। ठूलो भूभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक विविधतामा धनी मानीन्छ। चितवन राष्ट्रिय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाडौँ र पोखरा पछि नेपालकै तेस्रो ठूलो पर्यटक गन्तव्य हो।
बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अञ्चल नारायणी र लुम्वीनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुर नामका प्रशासनीक बिभाजनमा परेको छन। पूर्वको हेटौडाबाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षिण चुरे सम्म कहि चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ। नारायणी नदी पश्चिमको भूभाग लुम्वीनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्ला का रूपमा रहेको छ। अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो। चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेत बारी सिंचित गर्न उपयोग गरीएका छन। कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ।
नेपालको पूर्वपश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवास सम्म पर्दछ। हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षिण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यकाको पूर्वीक्षेत्र हेटौडा हुदै काठमाडौँ गएको छ भने उपत्यका लाई काठमाडौँ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ। साथमा भरतपुर रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सौराह लगायतका साहायक मार्ग पक्की रहेका छन। त्यसै गरी भरतपुर हेटौडा तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक सञ्जालको ठूलो हिस्सा पक्की रहेको छ। त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तिखोर उपरदाङगढी सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तिखोर सडक भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ।
सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ। चितवन उपत्यकामा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन। उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालिका भरतपुर,हेटौडा र रत्ननगर रहेका छन। भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन। उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यकाको सबै भन्दा ठूलो सहर हो। १२५१११ जनसङ्ख्या रहेको यो सहर नेपालकै काठमाडौँ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज तथा धरान पछिको सातौ ठूलो सहर हो।
त्यसैगरी चितवन उपत्यकाको पूर्वी छेउमा अवस्थीत हेटौडा चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसङ्ख्याका साथमा काठमाडौँ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज धरान भरतपुर महेन्द्रनगर तथा बुटवल पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ। उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो। उपत्यकाको तेस्रो केन्द्र रत्ननगर पयर्टकहरूको चितवन राष्ट्रिय निकुन्ज पस्ने प्रवेशद्वार हो।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "२०६८ सालको राष्ट्रिय जनगणना प्रतिवेदन", केन्द्रीय तथ्याङ्क विभाग (नेपाल), नेपाल सरकार, नोभेम्बर २०१२, मूलबाट १८ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०१२।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १८ अप्रिल २०१३ मिति - ↑ Merlen, S. (ed.) (2011). मध्यमाञ्चल विकास क्षेत्र
- ↑ "इतिहास", अन्तिम पहुँच १६ मे २०१०।