गढी
प्राचीनकालमा शत्रु पक्षबाट सुरक्षाको लागि बनाइने वास्तुको नाम गढी वा किल्ला हो। यसलाई गढ, कोट र दुर्ग पनि भनिन्छ। गढी मुख्यतया ढुङ्गा आदिको चौडा पर्खालले घेरिएको त्यो स्थान हो जसभित्र राजा, सरदार (दुर्गपति) र सेनाको सिपाही (दुर्गपाल) आदि बस्ने गर्छन्। नगर, सैनिक छाउनी र राजप्रासादहरूको सुरक्षाको लागि गढीको निर्माण परम्परा अति प्राचीन कालदेखि चलिआएको छ। मानवविकासको क्रममा राज्यको अवधारणाको जन्म भएपछि राजाहरूले दरबारलाई आन्तरिक सुरक्षा र बाह्य आक्रमणबाट सुरक्षाको लागि गढीहरूको निर्माण गर्न थालेको देखिन्छ।[१] आधुनिक युगमा युद्धको साधनहरू र रण-कौशलमा वृद्धि तथा परिवर्तन भइसकेको कारण गढीको महत्त्व समाप्त भइसकेको छ।
परिचय र इतिहास
[सम्पादन गर्नुहोस्]विश्वका प्राचीन सभ्यताहरूमा किल्लाबन्दी गरी सहरहरू बसाउने परम्परा थियो।[२]सिन्धु घाटीको सभ्यतालाई नै हेर्दा त्यस समयको नगर संरचना पूर्ण रूपमै किल्लाअनुरुप बनेको प्रमाण भेटिन्छ। वैदिककालक ग्रन्थहरूमा किल्लाको अभिलेख भेटिन्छ। रामायणमा चार प्रकारको किल्लाको वर्णन गरिएको छ[३] भने महाभारतको शान्तिपर्वको ८५औँ अध्यायमा दुर्गबारे वर्णन गरिएको छ। त्यस बखतको हस्तिनापुर ठुलो दुर्ग रहेको थियो। मनुस्मृतिमा ६ प्रकारको दुर्गहरूको वर्णन गरिएको छ-
धन्वदुर्गं महीदुर्गम् अब्दुर्गं वार्क्षम् एव वा।
नृदुर्गं गिरिदुर्गं वा समाश्रित्य वसेत् पुरम् ॥
सर्वेण तु प्रयत्नेन गिरिदुर्गं समाश्रयेत्।
एषां हि बाहुगुण्येन गिरिदुर्गं विशिष्यते ॥— (मनुस्मृति ७.७०–७१)
- धनुदुर्ग — जसको चारैतिर निर्जल प्रदेश होस्,
- महीदुर्ग — जसको चारैतिर टेढोमेढो जमीन होस्,
- जलदुर्ग (अब्दुर्ग) — जसको चारैतिर जल होस्,
- वृक्षदुर्ग — जसको चारैतिर घना वृक्ष होस्,
- नरदुर्ग — जसको चारैतिर सेना होस्, र
- गिरिदुर्ग — जसको चारैतिर पहाड होस् वा पहाडमाथि बनेको होस्।
नेपालमा निर्माण गरिएका गढी/किल्लाहरू
[सम्पादन गर्नुहोस्]अन्य देशहरूमा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Korn, Wolfgang (१९७७), The Traditional Architecture of the Kathmandu Valley (अङ्ग्रेजीमा), रत्न पुस्तक भण्डार, पृ: १४।
- ↑ "बिश्व सम्पदामा सुचीकृत हुँदै तिलौराकोट", मायादेवी अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२० जुन १५।
- ↑ Sri Balmiki Ramayan (New rev. ed संस्करण), Amritsar: Bhai Chatar Singh Jiwan Singh, २००१, पृ: ७०, आइएसबिएन 81-7601-431-1, ओसिएलसी 86300424।