सामग्रीमा जानुहोस्

खिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खिर
भारतमा पकाइएको खिर
वैकल्पिक नामहरूपायस, क्षीर, खीर
उत्पत्ति स्थानदक्षिण एसिया
क्षेत्र वा राज्यभारत, पाकिस्तान, नेपाल, बङ्गलादेश[]
मुख्य सामग्रीहरूचामल, दूध, किसमिस, केशर, काजु तथा मधेसी बदाम
विभिन्नताफर्सीको खिर, ढकने, जौको खिर, पायस
  • सामग्रीः दूध ५ कप, घिउ २ चम्चा, भिजाएको चामल २ चम्चा, अलैंची तथा सुकमेलको धूलो २ सानो चम्चा, कोरेको नरिवल २ चम्चा, सजाउनका लागि काजु, काजी बदाम, किसमिस, केशर तथा स्वादअनुसार चिनी।
  • विधिः सबैभन्दा पहिले एउटा भाँडोमा दूध उमाल्ने । दूध उम्लिएपछि भिजाएर राखेको चामल हालेर विस्तारै चलाईरहने । जबसम्म चामल र दूधको मिश्रण मिल्दैन तबसम्म चलाईरहने| दूध र चामल लपक्क मिलेपछि चिनी र दुई चम्चा घिउ हाल्ने । त्यसमा अलैंची र सुकमेलको धूलो तथा कोरेको नरिवल राखेर चलाउने । त्यसपछि एउटा बाउलमा खीर खन्याएर काजु, किसमिस, काजी बदाम तथा केशरले सजाउने। तयार भएको खीरलाई तीजको दरका रूपमा तात्तातै वा चिसो बनाएर खान सकिन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "आज खिर खाने दिन", नेपालवाणी, १५ साउन २०७२, अन्तिम पहुँच १५ साउन 
"https://ne.wikipedia.org/w/index.php?title=खिर&oldid=1203757" बाट अनुप्रेषित