इथर (रसायन)
स्वरूप
प्राङ्गारिक यौगिकको अणुमा -O- समूह रहेको छ भने त्यसलाई इथर भनिन्छ । उदाहरण : डाइमिथाइल इथर(CH३OCH३), डाइइथाइल इथर(C२H५OC२H५) । साधारणतया डाइइथाइल इथरलाई नै इथर भनिन्छ । यो रङघिन, प्रज्वनशिल र वास्पशिल पदार्थ हो । यो अल्कोहलमा घूलनशिल छ तर पानीमा कम मात्रामा घुल्छ । कडा सल्फ्युरिक अम्लको मद्धतले अल्कोहलबाट पानी निकालेर इथर बनाइन्छ ।
इथरको उपयोगिता
[सम्पादन गर्नुहोस्]- ज्यादै वाष्पशिल पदार्थ भएकाले चिस्याउने पदार्थका रूपमा यसलाई प्रयोग गरिन्छ ।
- सानोतिनो घाउखटिरा चिर्चा दुखेको थाहा नपाउने औषधिका रूपमा पनि प्रयोग गरिन्छ ।
- विभिन्न वस्तुहरु विशेष गरी जैविक यौगिकहरू घुलाउन सक्ने क्षमता भएकाले यसलाई घोलकको रूपमा प्रयोग गरिन्छ ।
विकिमिडिया कमन्समा इथर (रसायन) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।