"केशव सिग्देल" का संशोधनहरू बिचको अन्तर
नयाँ लेख चिनो: अस्पष्टता कडीहरू |
(कुनै भिन्नता छैन)
|
१४:०५, २९ अक्टोबर २०२४ जस्तै गरी पुनरावलोकन
केशव सिग्देल | |
---|---|
जन्म | केशव सिग्देल बि. सं. २०३५ चैत २२ गते मैनापोखर, बर्दिया जिल्ला |
राष्ट्रियता | नेपाली |
शिक्षा | एम. ए. (अङ्ग्रेजी), एम. फिल. (अङ्ग्रेजी) |
पेशा | लेखन |
चिनारीको कारण | कविता, निबन्ध, अनुवादक र मानव अधिकार |
उल्लेखनीय कार्य | देवकोटा अध्ययन, सिक्स स्टि |
गृहनगर | कोहलपुर नगरपालिका |
पुरस्कार | युवा वर्ष मोती पुरस्कार-२०७५,[१], कलाश्री सृजना पुरस्कार |
केशव सिग्देल नेपाली कवि, समालोचक, निबन्धकार, अनुवादक र मानवअधिकार अभियन्ता हुन्। उनी कोहलपुर नगरपालिका वार्ड नम्बर १० का बासिन्दा हुन् । तर कामको शिलशिलामा अहिले काठमाण्डौमा बसोबास गर्छन् । उनको जन्म बर्दिया जिल्लाको मैनापोखरमा बि. सं. २०३५ चैत्र २२ गते भएको हो । उनकी आमाको नाम रुकमिणी सिग्देल र बुवाको नाम नारायण प्रसाद सिग्देल हो । उनले कोहलपुरको त्रिभुवन मा. वि. बाट एस.एल.सी पास गरेका थिए । परिवारको सुझावमा उनी विज्ञान विषय पढ्न काठमाण्डौको अमृत साइन्स क्याम्पसमा भर्ना भएका थिए । तर उनको रुची साहित्यमा थियो । उनले विज्ञान विषय अधुरै छोडेर अङ्गेजी साहित्यको विद्यार्थी भए । उनले त्रिभुवन विश्विद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए, एमफिल गरे र पछि त्यहिँको उपप्राध्यापक भए। अहिले उनि त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा कविता, नेपाल अध्ययन, र युद्ध र अभिघात साहित्य जस्ता विषयहरु पढाउँछन्।
साहित्यक तथा लेखन यात्रा
उनले स्कूलमै पढ्दै देखि अङ्ग्रजी र नेपाली भाषामा कविता, निबन्ध, र नाटकहरु लेख्न थालेका थिए । पछि अरुले लेखेका कविता र कथाहरुको अनुवादपनि गर्न थाले । केशव सिग्देलका तीनवटा कविता प्रकाशित छन् । उनको पहिलो प्रकाशित कविता कृतिसमय विघटन (२०६४) हो । त्यसपछि उनले आफ्ना साथीहरुसँग मिलेर अंग्रेजी भाषाको संयुक्त कविता संग्रह सिक्स स्ट्रिङ्ग्स (२०६७) प्रकाशित गरे । उनको अर्को कविता कृति कलर अफ द सन (२०७३) स्लोभेनिया भन्ने देशमा छापिएको हो । उनको सम्पादनमा विश्वका १०१ देशका २९७ कविहरुको कविताको पुस्तक म्याडनेस, एनएन्थोलोजी अफ वल्र्ड पोयट्री बि. सं. २०८० सालमा प्रकाशित भयो । उनको सम्पादनमा एनएन्थोलोजी अफ कन्टेम्पोररी नेपाली पोयट्री अमेरिकाको विगव्रिज प्रकाशनले प्रकाशित गरेको छ । नेपालका विभिन्न मातृभाषाका कविताहरुको अनुवाद सेड्स अफ कलर्स लगायत उनका अन्य अनुवादका पुस्तकहरु प्रज्ञा प्रतिष्ठान, काठमाण्डौबाट प्रकाशित छन् । यि बाहेक चीन र नाइजेरियाका आधुनिक कविताहरुका दुई सङ्ग्रह उनले नेपालीमा अनुवाद गरेका छन् । उनको पछिल्लो कविता सङ्ग्रह इम्बार्गो एण्ड अदर पोएम्स फ्रान्सबाट प्रकाशित हुँदैछ ।<refकाठमाण्डु पोस्ट अनलाईन</ref> उनी दक्षिण अमेरिकाबाट प्रकाशित हुने अन्तराष्ट्रिय साहित्यिक पत्रिका पोयट्री प्लानेटरियटका सम्पादक पनि हुन् । उनले नेपालबाट प्रकाशि तहुने अंगे्रजी भाषाको साहित्यिक जर्नल अफ नेप्लिजक्ले र अनुसन्धान मूलक पत्रिका देवकोटा अध्ययनको सम्पादन पनि गरेका थिए । झण्डै १५ वर्षदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद पत्रिका रुपान्तरणको सम्पादक मण्डलको सदस्य पनि रहेका छन् । उनी कोलोम्बियामा रहेको वल्र्ड पोयट्री मुभमेन्टको अन्तराष्ट्रिय समितिका सदस्य , सोसाइटी अफ नेपाली राइटर्स इनइङिग्लसका उपाध्यक्ष, र एसिया प्यासिफिक राइटर्स एसोसिएसनका सदस्य पनि रहेका छन् । हाल उनी कोहलपुर वाङ्मय प्रतिष्ठानको संस्थापक अध्यक्ष पनि हुन् । उनकाआफ्ना रचना नेपाली र अङ्ग्रेजीका अलावा हिन्दी, बङ्गाली, कन्नड, तामिल, जापानिज, कोरियन, चिनीया, स्पेनी, फ्रान्सेली, स्लोभेनिज , थाइ, अरबी, ग्रीक लगायतका भाषाहरुमा अनुवाद भई प्रकाशित भएका छन् । उनी नाटकमा पनि रुची राख्ने गर्छन् । बि. सं. २०५१ साल तिर नवयुवा नाट्य समूह, बाँकेको स्थापना गरेर केहीवर्ष आफ्ना साथीहरुसँग मिलेर नाटकको स्क्रिप्ट लेख्ने, अभिनयगर्ने, निर्देशनगर्ने अनि विद्यार्थीहरुको लागि नाटक महोत्सव आयोजना गर्ने काममा पनि सक्रिए भएका थिए । उनको दर्जनौं एकांकी नाटकहरु प्रकाशित छन् । उनले रचना गरेको एट द टि सप काव्यमा आधारित नाटक बि. सं. २०६९ सालमा बेलायतको कला महोत्सवमा एन्ड्रिउ डिकिन्सनको संगित,कार्ला पेट्रिकको संयोजन र गुञ्जनदिक्षितको अभिनयमा मञ्चनभएको थियो ।[२]
मानव अधिकार र सामाजिक न्याय सम्बन्धी संलग्नता
पढाउने र साहित्य लेख्नेबाहेक उनी मान्छेको अधिकारको विषयमा पनिचासो दिन्छन् । संसारकै ठूलो मानव अधिकार संस्था एम्नेष्टी इन्टरनेशलको नेपाल शाखाको राष्ट्रिय उपाध्यक्ष भएर पनि उनले काम गरेका थिए । उनले युवा, महिला, सेना, प्रहरी, स्थानीय जनप्रतिनिधि र सांसदहरुका लागि देशका विभिन्न ठाउँमा गएर मानव अधिकारका तालिम पनि चलाए । उनी पद्यरत्न तुलाधर, दमननाथ ढुङ्गाना, र कृष्ण पहाडी लगायतका नागरिक अगुवासँग मिलेर प्रजातन्त्र र मानव अधिकारका लागि आन्दोलनमा भाग लिने क्रममा दर्जन भन्दा बढी पटक उनीप्रहरी हिरासतमा पनि बसे ।[३]अहिले पनि विभेद र अन्यायमा परेका मानिसहरुको सामाजिक न्यायका लागि नागरिक आन्दोलनमा सक्रिय छन् । उनले आफ्ना साथीहरुसँग मिलेर बि. सं. २०५८ सालमा कोहलपुरमा ज्ञानोदय सामुदायिक पुस्तकालयको स्थापना पनि गरेका थिए । उनी त्यस पुस्तकालयको संस्थापक अध्यक्ष पनि हुन् । साहित्य र मानवअधिकार सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनहरुमा नेपालको प्रतिनिधित्व गरेर उनी एसिया, युरोप, र अमेरिकी महादेशका झण्डै तीनदर्जन देशहरु पनि भ्रमण गरेका छन्।
कृतिहरू
मौलिक कृतिअन
- समय विघटन
- सिक्स स्टि
- कलर अफ सन
सम्पादन कृति
- देवकोटा अध्ययन
- रुपान्तरण
सम्मान तथा पुरस्कार
- कलाश्री सृजना पुरस्कार (२०७२)[४]
- भानुभक्त स्वर्ण पदक (संस्कृतिपर्यटन तथानागरिक उडड्यनमन्त्रालय, २०७१)
- रक पेबल्सअन्तराष्ट्रिय साहित्य पुरस्कार (भारत, २०७४)
- मानार्थ चिनियाँ नागरिक सम्मान(सिचुवान, २०७५)
- युवावर्ष मोती पुरस्कार (२०७५),[५]
- नाजिनमान क्रियटिभ अवार्ड (लेबनान, २०७७)
सन्दर्भ सामग्रीहरू
- ↑ भाषा साहित्यका लागि सक्रिय रहने हौसला बढेको छ : युवावर्ष मोती पुरस्कार विजेता सिग्देल - थाहा खबर अनलाईन
- ↑ नेपालीकला साहित्य डटकम
- ↑ Human Rights Defenders Arrested while trying to stage a peaceful demonstration - amnestynepal.org
- ↑ thehimalayantimes.com
- ↑ भाषा साहित्यका लागि सक्रिय रहने हौसला बढेको छ : युवावर्ष मोती पुरस्कार विजेता सिग्देल - थाहा खबर अनलाईन