जलवायु परिवर्तनको असर बाल स्वास्थ्यमा
विश्व बाल दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइएको छ ।
सिन्धुलीका किसान प्रविधिमैत्री बन्दै
सिन्धुली जिल्लाका किसान पछिल्लो समयमा प्रविधिमैत्री बन्दै गएका छन् । पछिल्लो समयमा गाउँघरमा कृषि श्रमिकको अभाव भई खेती लगाउन कठिन हुँदै गएपछि किसानहरू प्रविधिमैत्री बन्दै गएका हुन् ।
‘शान्ति सम्झौताको अभिभारा राजनीतिसँगै समृद्धिको अभियान पनि हो’
नेपालमा २०५२ सालदेखि सुरु भएको दश वर्षे सशस्त्र द्वन्द्वलाई अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । द्वन्द्वमा प्रत्यक्ष प्रभावित पीडितहरूले अझै न्याय पाउन सकेका छैनन् ।
सत्र सयको श्रमदान: मल्पी–लीलावती सिँचाइ कुलो पुनः निर्माण
गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेको पनौती नगरस्थित सिँचाइ आयोजनाको कुलो पुनः निर्माणका लागि एक हजार सात सय स्थानीयले श्रमदान गरिसकेका छन् ।
विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै
इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउनुहुने भएको छ ।
मरिण गाउँपालिकाले किसानलाई पेन्सन दिने
सिन्धुलीको मरिण गाउँपालिकाले किसानलाई पेन्सनको सुविधा दिने भएको छ ।
शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ : अध्यक्ष दाहाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताउनुभएको छ ।
तीन वर्षपछि क्यान्सर अस्पतालमा पुनः ‘मेमोग्राफी’ सेवा
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरुआत गरिएको छ । स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेसिन बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको थियो । नयाँ मेसिन जडान गरी पुनः सेवा सुरु गरिएको हो ।
एनपिएल : सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ ।
बालअधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह
आज नोभेम्बर २० तारिख विश्वभर विविध कार्यक्रम गरी विश्व बाल दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय बाल दिवसको नारा ‘भविष्यका बारेमा सुन्नुहोस्ः बालबालिकाको अधिकारका पक्षमा उभिनुहोस्’ भन्ने तय गरिएको छ ।
म्याद थपका लागि दुर्गा प्रसाईं अदालतमा उपस्थित
साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
थाकसको अध्यक्षमा प्रेमीलाल सर्वसम्मत
थारु कल्याणकारिणी सभा (थाकस) को अध्यक्षमा प्रेमीलाल चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसअघि उहाँ महामन्त्री हुनुहुन्थ्यो । रुपन्देहीको भैरहवामा जारी २३ औं महाधिवेशनले उहाँलाई अध्यक्षको जिम्मेवारी सुम्पेको हो ।
करिब ८ हजार छात्रछात्राको निःशुल्क मुटु परीक्षण
नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुुपाल्चोक शाखाको आयोजना र केन्द्रीय समितिको आर्थिक र प्राविधिक सहयोगमा मेलम्ची, हेलम्बु, चौतारा साँगचोकगढीका सात हजार ९३८ बालबालिकाको निःशुल्क मुटु परीक्षण गरिएको छ ।
‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’
नेपालको पर्यटन भन्नासाथ विशेष गरी हिमालय क्षेत्रलाई मानिन्छ । त्यसैले नेपाल भित्रने अधिकांश पर्यटकको रोजाइ सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण, लाङटाङलगायत क्षेत्रमा हुने गर्छ ।
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो ।
युनिसेफद्वारा बाढीपहिरोपीडितलाई सहयोग
संयु्क्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरोपीडितलाई सहयोग गरेको छ ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।
‘राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाइने’
सरकारले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउने भएको छ । मुख्यसचिवको अध्यक्षतामा मङ्गलबार बसेको सचिवस्तरीय बैठकले राजस्व चुहावट नियन्त्रणलाई व्यवस्थित, प्रभावकारी बनाउने निर्णय गरेको हो ।
विदेशी मुद्राको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।
जलवायु सङ्कट समाधानमा विश्वको ध्यानाकर्षण भएको छ
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) अजरबैजानको बाकुमा गत कात्तिक २६ देखि जारी छ । मङ्सिर ७ सम्म चल्ने सम्मेलनमा नेपालले खास गरी
सम्मान तथा पुरस्कार घोषणा
प्रेरणापुरुष कवि दैवज्ञका नाममा प्रदान गरिँदै आएको सम्मान तथा पुरस्कार विभिन्न साहित्यकार एवं संस्थालाई प्रदान गर्ने घोषणा भएको छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. नेपालमा कर दिवस कहिले मनाइन्छ ? मङ्सिर १ – २०८१ को नारा : कर प्रणालीको सार, लगानीको आधार
सङ्घीय संरचनामा तहगत समन्वय : विषयगत प्रश्नोत्तर
१. शासकीय सुधार भन्नाले के बुझिन्छ ? शासकीय सुधारमार्फत सुशासनको अनुभूति गराउन सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनले व्यवस्था गरेको शासकीय सुधार एकाइको काम, कर्तव्य र अधिकारहरू उल्लेख गर्नुहोस् ।
प्रसाईं पक्राउ प्रकरण : के छ सजायको व्यवस्था
किर्ते कागजात प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।